दफा
हक बेहकको प्रश्न अदालतबाट मात्र निरुपण हुनेः

(१) कुनै विषयमा हक बेहकको प्रश्न उत्पन्न भएमा त्यस्तो प्रश्नको निरुपण नियमित अदालतबाट मात्र हुनेछ ।स्पष्टीकरणः यस संहिताकोप्रयोजनको लागि “नियमित अदालत” भन्नाले जिल्ला अदालत, उच्च अदालत वा सर्वोच्च अदालत सम्झनु पर्छ।
(२) नियमित अदालत बाहेक अन्य अदालत वा निकायमा विचाराधीन कुनै मुद्दाको कारबाहीको क्रममा हक बेहकको प्रश्ननिरुपण भएपछि मात्र अन्य विषयमा कारबाही, सुनुवाई र किनारा गर्नु पर्ने देखिएमा सम्बन्धित अधिकारीले नियमितअदालतबाट हक बेहकका सम्बन्धमा निरुपण गरी आउन पक्षहरूलाई आदेश गर्नु पर्नेछ ।